प्राचीन मौलिक संस्कृतिको जगेर्नाका लागि भजन चुड्का
पाेखरा | फागुन १२, २०८०
पोखरा: प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ ।
स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिनुभयो ।
संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल पाँच लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको बताउनुभयो ।
प्रतियोगितामा तीन लाख ७० हजार रुपैयाँ खर्च हुने र बचत रकम स्थानीय संस्कृति, रितिरिवाजको संरक्षण एवम् सामाजिक काममा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उज्वल आमा समूहका उपाध्यक्ष शारदादेवी बराल, सचिव तारा शर्मा लगायतले लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको सहकार्यमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन लगायत विभिन्न सामाजिक काममा जोड दिइएको जानकारी गराउनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

